दुई जना फरार प्रतिवादीहरु पक्राउ

दुई जना फरार प्रतिवादीहरु पक्राउ

कैलालीमा दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ महिना २० दिन कैद सजाय ठहर भई फरार रहेका गोदावरी न.पा.२ बस्ने बर्ष ३२ को संजय जनाला सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै बैकिङ कसुर मुद्दामा सम्मानित अदालतको फैसलाले रु.२,८५,०००÷–(दुई लाख पचासी हजार) जरीवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २४ को पवन राबतलाई ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट  खटिएको प्रहरी टोलीले आईतबार दिउँसो निजहरुकै घरबाट पक्राउ गरेको हो ।