अछाममा एक कस्मेटिक पसलमा आगालागी हुदा धनमाल जलेर नष्ट

अछाममा एक कस्मेटिक पसलमा आगालागी हुदा धनमाल जलेर नष्ट

अछाममा एक कस्मेटिक पसलमा आगालागी हुदा धनमाल जलेर नष्ट भएका छन् ।

अछामको रामारोसन गा.पा.३ मुजाबगर स्थित रतन रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुईतलामा रहेको कस्मेटिक पसलमा बालेको धुपबाट एक्कासी आगो सल्किन गई आईतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा पसल भित्र रहेका लत्ताकपडा, कस्मेटिक सामानहरु गरि अन्दाजी रु. ७५,०००।– बराबरको सामान जलेर नष्ट भएको हो ।

उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।