२ लाख रुपैया भन्दा बढि मुल्यका सामान बरामद

२ लाख रुपैया भन्दा बढि मुल्यका सामान बरामद

कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामानहरु बरामद गरेको छ ।

कञ्चनपुरको भिमदत्त न.पा.१० भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याइएका अन्दाजी मूल्य रु.१,५७,२००।– बराबरको किरानाका सामानहरु, कस्मेटिकका सामानहरु, साईकलको टायर, खेलौना, दुध पाउडर, तेल लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास न.पा.११ जानकीटोलबाट अन्दाजी मूल्य रु.७७,८००।–बराबरको लेडिज कपडा, मखमलको कपडा, साडी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रू.२,३५,०००।– बराबरको सामानहरु आईतबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।