बम विष्फोटका घाइते ‘विप्लव’ कार्यकर्ता रामकुमार श्रेष्ठको ज्यान गयाे

बम विष्फोटका घाइते ‘विप्लव’ कार्यकर्ता रामकुमार श्रेष्ठको ज्यान गयाे

गएकाे जेठ १२ गते काठमाण्डाैमा भएको बम विष्फोटमा घाइते भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार ज्यान गएको छ ।

श्रेष्ठको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । यससँगै विष्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । घाइते हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालमै उपचार भैरहेको छ ।

सुकेधारा विस्फोटमा घाइते भएका सैलुन सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा नेकपाका कार्यकर्ता कालीकोटका दीपक विक, दाङका गोकुल रानामगर, निरन्तर मल्ल र सीटीईभीटीमा अध्ययनरत प्रज्वल शाहीको १२ गते नै ज्यान गएको थियो ।