चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न

चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न

कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न भएको छ ।

कैलालीको धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशालाद्वारा आयोजित चैतन्य बाल साहित्य सम्मेलन मंगलवार सम्पन्न भएको हो ।

चैतन्य पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरीको सभाध्यक्षतामा भएको उक्त बाल साहित्य सम्मेलनमा प्रमुख अतिथी साहित्यकार बद्री शर्मा बिनाडी रहेका थिए । चैतन्य बाल साहित्य सम्मेलनको स्वागत मन्तब्य ब्यक्त गर्दै प्रधानाध्यापक कटक सिँहले शिक्षासहित संस्कारको सिकाईरहेको चैतन्यले बिद्यालय तहबाटै ज्ञानगुनका कुरा उजागर गरिरहेको बताए ।

विद्यालय तहबाटै विद्यार्थीहरु विभिन्न रचनात्मक क्रियाकलापसहित यस्ता साहित्य क्षेत्रको माध्यमबाट उनीहरुको सिप कला क्षमता र ज्ञानगुनका कुराको बृद्यि बिकास हुने उनले बताए । किताबी ज्ञान बाहेक यस्ता रचनात्मक र सिर्जनशिलताले पनि बिद्यार्थीहरुको बौद्धिकता बढ्ने उनले बिश्वास लिएका छन् ।

यस्तै चैतन्य पाठशालाका सीइओ गणेशप्रसाद जोशीले पाठशालाले २० वर्षपछि काम लाग्ने शैक्षिक गुणस्तरीय शिक्षा दिइरहेको बताए । विद्यालयमा वेद र विज्ञानलाई सँगसँगै पढाइरहेको र विद्यार्थीहरूलाई अहिलेको समय परिवेश अनुसार आवश्यकता परेको शिक्षा अनुकूल स्मार्ट बोटबाट समेत पठनपाठन गराइरहेको उनले जानकारी दिए । 
 शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला अझै पनि गुणस्तरीय शिक्षाको गुणस्तरीय शिक्षाको लागि अझै हरपल लागिरहेको उनको भनाइ छ । कार्यक्रममा विद्यार्थीहरु आफैले रचना गरेका गीत, कविता, गजल लगायतका साहित्यीक रचनाहरु सुनाएका थिए ।

कार्यक्रममा कैलाली बहुमखी क्याम्पसका सहायक प्राध्यापक गणेश प्रसाद जोशीले बाल साहित्य सम्मेलनले बिद्यार्थीको चौतर्फी बिकास गर्न सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले विद्यालयले केवल पठनपाठन मात्रै गरेर नहुँने भन्दै यस्ता रचनात्मक र सिर्जनशिलतालाई जोड दिनुपर्ने बताएका छन् । सहायक प्राध्यापक जोशीले भने, “बिद्यार्थीले किताबी कुरा घोक्ने, रटाउने, परम्परालाई तोड्नुपर्छ, खेल्ने रमाउने सिक्दै जानु आवश्यक छ, । ”

कार्यक्रममा महाकाव्यकार मनिराज जोशी, साहित्यकार यज्ञराज जोशी यात्री, कैलाली बहुमखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट, सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय, उपाध्यक्ष रुपा श्वांर, डेउडा गायक सुरत रावत डोटेली कान्छा, राजेन्द्र शाह बिपी, साहित्यकार तारा पल्लवी, डिल्लीराज जोशी, तोयनाथ भट्ट, डिल्लीराज ओझा, गणेश नेपाली, भिमदत्त बिनाडी, सितल खड्का,सिब नारायणी दहित, पुस्पराज पाण्डे अभिभावक ,विद्यार्थी लगायतको उपस्थीती रहेको थियो । उक्त कार्यक्रम शिक्षीका हेमा जोशीले सञ्चालन गरेकी थिईन् ।