टी-२० सिरिज :  त्रिवि मैदानमा नेदरल्यान्ड्सले नामिबियाविरूद्ध जोड्यो २४७ रन

टी-२० सिरिज :  त्रिवि मैदानमा नेदरल्यान्ड्सले नामिबियाविरूद्ध जोड्यो २४७ रन

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ। 

कीर्तिपुस्थित त्रिवि मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा २४७ रन जोड्यो। 

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले शतक प्रहार गरे। उनले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतमा १३५ रन जोडे। उनले दोस्रो विकेटका लागि साइब्रान्डसँग १९३ रनको साझेदारी गरे। 

साइब्रान्डले अन्तिम चार बल बाँकी छदा आउट हुनुअघि ४० बलमा ७५ रन जोड्ने क्रममा ७ चौका र ५ छक्का प्रहार गरे। तीन बल खेलेपछि रनआउट हुन पुगेका तेजा निडामनुरुले तीनै बलमा छक्का प्रहार गर्दै १८ रन बनाए।

त्यसअघि म्याक्स ओुडाउड ५ रनमा आउट भए भने कप्तान स्कट इडवार्डले ४ रन मात्र जोड्न सके। 

सिरिजमा दुवै टिमले एक एक जित निकालेका छन्। दुवैले घरेलु टिम नेपाललाई पराजित गरेका थिए। सिरिजमा नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ।