सोमपालले लियो नामिबियाको पहिलो विकेट

सोमपालले लियो नामिबियाको पहिलो विकेट

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पहिलो विकेट गुमाएको छ ।

१.३ ओभरमा सोमपाल कामीले मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा आउट गरेका हुन् । क्रुगरले मिडविकेटमा गुल्शन झालाई सहज क्याच दिए । उनी आउट हुँदा नामिबियाको स्कोर ११ रन मात्र छ ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।