विराज भट्टको ‘१२ गाउँ’मा जोडिए ‘साहो’ भिलेन कनिज

विराज भट्टको ‘१२ गाउँ’मा जोडिए ‘साहो’ भिलेन कनिज

काठमाडौं । विराज भट्टको आगामी फिल्म ‘१२ गाउँ’मा कलाकारको लाइनअप थपिने क्रम जारी छ । भट्टका छोरा समीरले फिल्मबाट डेब्यु गर्दैछन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यो प्रोजेक्टबाट अभिनय करिअर थाल्दैछिन् ।

फिल्मको लाइनअपलाई लिएर रोचक खबर छ । यो फिल्मको खलपात्रमा दक्षिण भारतीय फिल्म ‘साहो’ फेम्ड अभिनेता कनिज कोइराला अनुबन्धित भएका छन् । निर्माताले यी एक्सन अभिनेता फिल्मसँग जोडिएको जनाएको छ ।

पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्ट नेपाल २००९ समेत रहेका कोइरालाले भोजपुरी भाषाको फिल्म ‘वध’ र भारतीय फिल्म ‘गुडाचरी’मा पनि अभिनय गरेका छन् । अभिनेता भट्टसँग ‘वध’मा उनको सहकार्य भैसकेको छ ।

शनिबार काठमाडौंमा फिल्म सम्झौतामा हस्ताक्षर गर्दै अभिनेता विराज भट्ट ९बायाँ० र कनिज कोइराला ।

चैत दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण तथा निर्देशन भट्टले नै गर्नेछन् । बिग बजेट बताइएको यो फिल्म अहिले प्रि(प्रोडक्सन चरणमा छ । सन्तोष सरकारको पटकथामा बन्न लागेको यो फिल्मलाई एक्सन जनरामा बनाउन लागिएको जनाइएको छ ।

साताअघि विराजले छोरा समीरको फोटो सार्वजनिक गर्दै उनी डेब्यु गर्न लागेको बताएका थिए । सार्वजनिक तस्वीरमा उनको सुगठित शरिर पनि चित्रण गरिएको थियो । यो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने तयारी रहेको जनाइएको छ । यो फिल्म विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा बन्न लागेको हो ।