धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि आइतबार २८ अर्ब १६ करोडको बजेट प्र्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक बर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटमा पूजीगत तर्फ १३ अर्ब ६ करोड ४६ लाख रहेको छ । चालू तर्फ १२ अर्ब ५७ करोड २६ लख ६४ हजार रहेको छ । रहेको छ भने अर्थ विविध शिर्षकमा दुई अर्ब १२ करोड रहेको छ । । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले आइतबार बजेट प्रस्तुत गरेको हो ।
बजेटमा भौति पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी बजेट राखिएको छ । यस मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेका चालू आर्थिक बर्षका अधिकांश आयोजनाहरु आगामी आर्थिक बर्षमा पनि निरनतरता दिइएको छ ।
यस मन्त्रालय अन्तर्गत जलविद्यतु विकास बोर्ड गठन गर्ने कुरा चालू आर्थिक बर्षको बजेटमा रहे पनि कार्यान्वयन हुन नसकेपछि आगामी अ ार्थिक बर्षका लागि ३ मेगावाट क्षमताका चारवटा जलविद्युत आयोजनाको बिस्तृत अध्ययन गरी कम्तिमा एउटा संचालन गर्ने लक्ष्य राखिएको छ ।
यसका लागि ५ करोडढ बिनियोजन गरिएको छ । सार्वजनिक निजिी साझेदारीका आधारमा मझौला स्तरको जलविद्युत आयोजना लाई प्रदेश गौरबको आयोजनाको रुपमा विकास गर्न १० करोड बजेट प्रस्ताव गरिएको छ ।
बजेटको सिद्धान्तमा कृषिलाई प्राथमिकतामा राखिने भनिए बमोजिम कृषिका लागि छुट्ट्याइएको बजेटमा शतप्रतिशत बृद्धि गरिएको छ । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा “नमुना कृषि गाउँ आफै बनाउ” अभियान सहितको मुख्यमन्त्री एकिकृत कृषि तथा पहुपंछी विकास कार्यक्रम सञ्चालन गर्न ४४ करोड बिनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फ सेती अस्पतालमा सिटी स्क्यान सेवा शुरु गर्न साढे आठ करोड बजेट राखिएको छ भने महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण र सघन उपचार कक्ष निर्माणका लागि साढे चार करोड बजेट राखिएको छ ।
शिक्षामा चालू आर्थिक बर्षकै कार्यक्रमलाई निरनतरता दिइएको छ । युवा स्वरोगार कार्यक्रम सञ्चालन गर्न स्वरोजगार विकास कोषमा आगामी आर्थिक बर्षमा १० करोड रकम थप गर्ने घोषणा गरिएको छ ।
सबैले आलोचना गर्दै आएको प्रदेशका प्रत्यक्ष्ँ निर्वाभित सासंदहरुके मुख्य भूमिका रहने स्थानीय पूर्वाधार विकानस कार्यक्रमको रकम बढाएर प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड खर्च गर्न सकने बनाइएको छ ।
यस कार्याक्रमका लागि सत्तापक्षीय सासंदहरुले पाँच करोड बजेट माग गर्दै आर्थिक मामिला मन्त्रीलाई दवाव बढाएका थिए ।
बजेट भाषण सकिएपछि प्रदेश सभा परिसरमा प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलका नेता डा. रण बहादुर रावलले बजेट फेरी पनि बितरणमुखी रहेको बताउनुभयो । उहाँले यस बजेटले परिणाम दिन नसक्ने बताउनुभयो ।
बजेट बारे अध्ययन नै नगरीकन सतही रुपमा टिप्पणी गरिएको भन्दै आर्थिक मामिला मन्त्री बोहराले सम्बृद्धि तर्फ अगाडि बढेको बजेट रहेको बताउनुभयो ।
मन्त्री बोहराले आन्तरिक आयको अवस्था कमजोर रहेकाले आगामी आर्थिक बर्षका ८८ करोड राजश्वको अनुमान गरिएको बताउनुभयो । मन्त्री बोहराले यथार्थपरक ढंगले बजेट बिनियोजन गरिएको र बजेट शतप्रतशत कार्यान्वयन हुने गरी ल्याएको बताउनुभयो ।