कुशल मल्लले गरे एकै ओभरमा नेदरल्यान्ड्सका दुवै ओपनरलाई आउट

कुशल मल्लले गरे एकै ओभरमा नेदरल्यान्ड्सका दुवै ओपनरलाई आउट

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले नवौं ओभरमा दुई विकेट गुमाएको छ। 

नवौं ओभरमा नेपालका कुशल मल्लले म्याक्स ओुडाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। यससँगै नेपालले नेदरल्यान्ड्सको ८३ रनको पहिलो विकेटको साझेदारी तोड्न सफल भयो। यहि ओभरको पाँचौं ओभरमा कुशलले माइकल लेभिटलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। नेदरल्यान्ड्सले त्यतिबेला ८.५ ओभरमा ८४ रन जोडेको थियो।

नेपालले जोड्यो १८४ रन 

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो।

नेपालका लागि आसिफ शेखले ४७ रन जोडे। तीन रनले अर्धशतक बनाउन चुकेका आसिफ डच बलर माइकल लेभिटको एलबिडब्लूको धरापमा पर्दा ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। 

अर्का ओपनर कुशल भुर्तेलले २० जोडे। उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे। 

चौथो ओभरको तेस्रो बलमा डच बलर भान डेरलाई स्कुप सट प्रहार गर्ने क्रममा उनी बोल्ड भएका थिए। आउट हुनु अघिल्लो बलमा भुर्तेलले उस्तै सटमा छक्का प्रहार गरेका थिए। फेरि उस्तै सट खेल्ने क्रममा उनी आउट हुन पुगे।

उनी नेदरल्यान्ड्सविरुद्धको अघिल्लो खेलमा १२ रनमा आउट हुँदा त्यसअघिका दुई खेलमा डक आउट भएका थिए। 

त्यसअघि ओपनर आसिफले तेस्रो ओभरको पहिलो बलमा २ रनमा जीवनदान पाएका थिए। भिभियन किंग्माको प्रहारलाई हावामा उडाएपछि आसिफको क्याच माइकल लेभिटले मिस गरेका थिए। 

कप्तान रोहित पौडेलले २५ रन बनाए। उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले एलबिडब्लूको धरापमा पर्नुअघि १ रन मात्र जोड्न सके। 

आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ११ बलमा २६ रन बनाए। उनले १७ औं ओभरमा लेभिटलाई लगातार ३ छक्का हिर्काए।

कुशल आउट भएकै १८औं ओभरको अन्तिम बलमा करण केसी ४ बलमा ९ रन जोडेर आउट भए। अर्को ओभरको पहिलो बलमा गुल्सन झा ३४ रनमा आउट भए। उनले २५ बलमा ३ छक्का प्रहार गरे। लगत्तै अर्को बलमा आरिफ शेख शून्यमा आउट हुँदा नेपालले तीन बलमा तीन विकेट र आठ बलमा चार विकेट गुमायो।

प्रतिश जिसी र सोमपाल कामी ६-६ रनमा नटआउट रहे। 

बलिङमा नेदरल्यान्ड्सका फ्रेड क्लासेन, भान डेर, लेभिट र साइब्रान्डले २(२ विकेट लिए।