पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हाे। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ।

हवाइ इन्धन -एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। याे मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ । घटेकाे मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ।