आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारी गर्न क्यानलाई सरकारले दियो पाँच करोड रुपैयाँ

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारी गर्न क्यानलाई सरकारले दियो पाँच करोड रुपैयाँ

आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच कराेड रुपैयाँ दिएकाे छ ।

क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएकाे छ । याे ऐतिहासिक कदम भएकाे भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति आभार व्यक्त गरेकाे छ ।

सरकार र राखेपकाे यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानकाे विश्वास छ ।

टी–२० विश्वकपमा नेपाल समूह 'डी' मा छ । याे समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेकाे हाे ।