नुन खान बन्द गर्‍यो भने के हुन्छ ?

नुन खान बन्द गर्‍यो भने के हुन्छ ?

एजेन्सी । नुनबिना खाना खान लायक नै हुँदैन । खानामा स्वाद बढाउनका लागि नुनको प्रयोग गरिन्छ ।

नुन शरीरका लागि आवश्यक तथा फाइदाजनक पनि हुन्छ । तर, यसको मात्रा धेरै भयो भने यो नोक्सानदायक पनि हुन सक्छ ।

के तपाईंले सोच्नुभएको छ नुन नखाँदा शरीरमा कस्तो असर हुन सक्छ रु यदि थाहा छैन भने आउनुहोस् यसबाट हुने प्रभावका बारेमा जानौं ।

यदि तपाईंले एक महिनासम्म नुन खान बन्द गर्नुभयो भने पाचन प्रणालीलाई फाइदा हुन सक्छ । यसले पेट फुल्ने समस्या पनि हुँदैन ।

नुनमा सोडियम हुन्छ, जसको मात्रा धेरै भयो भने हानिकारक हुन्छ । लामो समय धेरै नुनको सेवन गर्नाले मुटु तथा रक्तकोषिकालाई नोक्सान पुर्‍याउन सक्छ ।

हाम्रो शरीरबाट क्याल्सियमको कति मात्रा निस्कन्छ भन्ने शरीरमा भएको सोडियमको मात्रामा निर्भर हुन्छ । हामी नुन धेरै खान्छौं भने दिशाको माध्यमबाट शरीरबाट धेरै क्याल्सियम बाहिर निस्कन्छ । यसले हड्डी कमजोर हुन थाल्छन् ।

नुनको मात्रा शरीरमा धेरै भयो भने यसले दिमागलाई पनि नोक्सान पुर्‍याउँछ । यसले दिमागसम्म रगत लिएर जाने नसा ब्लक हुन्छन् जसले गर्दा दिमागमा प्रर्याप्त रगत पुग्दैन । यसले गर्दा दिमागको स्वास्थ्यमा एकदमै नराम्रो असर पर्दछ ।

त्यस्तै जो व्यक्ति नुनु धेरै खान्छन् उनीहरुलाई मिर्गौलासँग जोडिएका समस्या हुन्छन् । यस्तोमा तपाईंले नुन खान छोड्नुभयो भने मिर्गौलाका लागि पनि यो फाइदाजनक हुन्छ । मिर्गौलामा पत्थरी परेको अवस्थामा पनि डाक्टरले नुन एकदमै कम खाने सल्लाह दिन्छन् ।

नुन कम खाइयो भने मुटुसम्बन्धी रोगबाट पनि बच्न सकिन्छ । त्यस्तै रक्तचाप नियन्त्रणमा राख्न पनि नुनको मात्रा कम गर्नुपर्दछ ।