लोक सेवा आयोगले पाठ्यक्रम परिमार्जन गर्ने

लोक सेवा आयोगले पाठ्यक्रम परिमार्जन गर्ने

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगले पदपूर्ति गर्दा लिने विभिन्न परीक्षाको पाठ्यक्रम पुरानो ढर्राको भएको भन्दै आलोचना भइरहेको बेला कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो ।

विहीबार सार्वजनिक १३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, ‘लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने ।’

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले केन्द्र र प्रदेश लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको पाठ्यक्रममा एकरुपता कायम गर्दै आधुनिक समयको माग अनुसारका कर्मचारी छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नसक्ने प्रकृतिको बनाउनुपर्ने आवश्यकता बोध भएका सुर्खेत सम्मेलनबाट उक्त निर्णय गरिएको बताए ।