नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ । 

नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल क्रिकेट सङ्घका पदाधिकारीले बिदाइ गरेका हुन् । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो । 

क्यानले यस सिरिजका लागि क्रिकेट टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम छन् । 

यसपटक दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिइएको छ । नेपालले सिरिजअघि हङकङसँग मार्च ९ तारिख एउटा टी–२० फ्रेन्डसिप कप पनि खेल्नेछ ।