रडुवा क्षेत्रमा सुख्खा पहिरो खस्दा आवत जावत ठप्प , पुर्वतयारीमा ध्यान दिन आवश्यक रहेकोमा सरोकारवालाहरुको जोड

रडुवा क्षेत्रमा सुख्खा पहिरो खस्दा आवत जावत ठप्प , पुर्वतयारीमा ध्यान दिन आवश्यक रहेकोमा सरोकारवालाहरुको जोड

डडेल्धुराबाट डोटी आउने डा. के.आई.सिंह राजमार्गको रडुवा क्षेत्रमा सुख्खा पहिरो खस्दा आवत जावत ठप्प भएको छ ।

बुधबार दिउँसोदेखि पहिरोबाट ढुंगामाटो खस्न सुरु भएपनि बिहीबार साझ साढे ७ बजे भने ठुलै सुख्खा पहिरो खस्दा आवतजावत ठप्प भएको हो । 
डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सुख्खा पहिरो हटाउने प्रयास भइरहेको जानकारी दिएका छन् । ‘पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कति समय लाग्छ भन्ने बारे अहिल्यै बताउन सकिन्न’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘तलबाट बे्रकर लगाएर पन्छाउन सकिने अवस्था छैन, जनशक्ति र उपकरण भएर पनि पर्ख र हेरको अवस्थामा छौं ।’
रडुवा क्षेत्रमा भएको आवतजावत ठप्पका भएका समस्या भएको यात्रुहरुले बताएका छन् । गजरौला–बडाल हुँदै भातकाँडा र बेडपानी हुँदै खोला तरेर रडुवा नजिक निस्कने बैकल्पीक मार्ग समेत रहेका छन् ।
पहाडि जिल्लाहरुमा हुन सक्ने यस्ता किसिमका विपदका बेला तत्काल उद्धार तथा निर्माण कार्य गर्न सकियोस् भन्नका लागि जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहले जागरुकताका साथ लाग्न आवश्यक रहेकोमा स्थानीयहरुले जोड दिएका छन् । 

 साथै सम्भावित विपद्को व्यवस्थापनका लागि योजना बनाएर जागरुक भई पुर्वतयारीमा ध्यान दिन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।