महिलाले किन खानु पर्छ चिया सिड्स ?

महिलाले किन खानु पर्छ चिया सिड्स ?

काठमाडौं: पछिल्लो केहि समयदेखि चिया सिड्स नेपालमा अत्यन्त लोकप्रिय भएको छ । चिया सिड्स सेवनले वजन घटाउन, स्वास्थ्यमा सुधार गर्न, छालालाई सुन्दर बनाउन तथा विभिन्न रोगबाट बच्नमा अति नै सहयोगी हुन्छ ।

विशेष गरेर महिलाका लागि त चिया सिड्स कुनै सुपरफूड भन्दा कम छैन ।

चिया सिड्समा विभिन्न भिटामिनहरु, फाइबर, प्रोटीन, ओमेगा–३, फ्याटी एसिड, क्याल्शियम, म्यागनीज, म्याग्नेशियम र फस्फोरस पाइन्छ ।

महिलाहरुले यसलाई आफ्नो डाइटमा समावेश गरेर आफूलाई हेल्दी र फिट बनाउन सक्छन् । चिया सिड्सको सेवनले हड्डि बलियो बनाउँछ, शुगरको स्तरलाई नियन्त्रण गर्छ । चिया सिड्सले वजन नियन्त्रण गर्नुको साथै मुटुको समस्याबाट पनि बचाउन सहायेग पुर्याउँछ ।

कपालका लागि

चिया सिड्स कपालका लागि राम वाणभन्दा कम छैन । यसको दिनहुँको सेवनले कपालको विकास राम्रो हुन्छ । चिया सिड्स कपाललाई जरैबाट पोषण दिन्छ । यसले कपाललाई टुक्रन र झर्नबाट बचाउँछ । चिया सिड्समा पाइने फस्फोरस र म्याग्नेशियमले कपाललाई जरैबाट बलियो बनाउँछ ।

छालाका लागि राम वाण

चिया सिड्सको सेवन गर्दा छालामा समयभन्दा अगाडि बुढेसकालको निशान आउँदैन । यसले अनुहारमा चम्किलो बनाउँछ । यसको सेवनले छाला हाइड्रेट रहन्छ । यमसा पाइने प्रोटीनले स्किन ड्यामेजलाई रिपेयर गर्छ । आमेगा–३ फ्याटी एसिडको प्रचुर मात्राले छालाको सूजनलाई कम गर्छ र एन्टीअक्सीडेन्ट्स फ्री रेडिकल्सबाट लड्न सहयोग पुर्याउँछ ।

वजन कम गर्नका लागि

चिया सिड्सको सेवन गर्नाले वजन बढ्दैन, साथै मोटोपना पनि उत्पन्न हुन पाउँदैन । वजन नियन्त्रण गर्न चिया सिड्स डाइटमा समावेश गर्नु पर्छ । यसमा पाइने सल्यूबल फाइबरले पाचन सही बनाउँछ । चिया सिड्सको सेवनले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । अपच र एसिडिटीको समस्या पनि हुँदैन ।

हड्डि बलियो बनाउनका लागि

चिया सिड्समा पर्याप्त मात्रामा क्याल्शियम पाइन्छ, जसले हड्डिलाई बलियो बनाउँछ । यसबाहेक चिया सिड्समा फस्फोरस र म्याग्नेशियम जस्ता महत्वपूर्ण कुरा हुन्छ, जसले हड्डिलाई स्वास्थ्य राख्नका लागि राम्रो हुन्छ । चिया सिड्सको लामो समयसम्मको सेवनले हड्डिसंग सम्बन्धित समस्याको खतरा कम हुन्छ ।