यी पाँच फल एक हप्ता खानुहोस्, पेट हुनेछ सफा

यी पाँच फल एक हप्ता खानुहोस्, पेट हुनेछ सफा

एजेन्सी । पेटमा जब भोजन जान्छ पहिला सानो आन्द्रामा पुग्छ । यहाँ भोजन तोडिन्छ । यसलाई तोड्नका लागि लिवर तथा पेटबाट विभिन्न एन्जाइमहरु निस्कन्छन् । यही एन्जाइमहरुको सहयोगले भोजनबाट आवश्यक पोषक तत्वहरु प्राप्त हुन्छ, जसले ऊर्जा बन्छ र जसको हामी प्रयोग गर्छौं ।

तर, अत्यधिक गलत प्रकारको खानपान हाम्रो आन्द्रामा पच्दैन जसले गर्दा पेटमा फोहोर जम्मा हुन थाल्छ । यदी यो फोहोर धेरै दिनसम्म रहन थाल्यो भने कब्जियत, ग्यास तथा पेट दुख्ने समस्या हुन थाल्छ ।

यसबाट राहत पाउनका लागि केही खानेकुरा अत्यधिक फाइदाजनक मानिन्छन् । आउनुहोस् जानौं त्यस्ता केही फलहरु जसलाई एक हप्ता खानुभयो भने पनि तपाईंको पेट सफा हुनेछ-

स्याउ

विशेषज्ञका अनुसार स्याउमा भरपूर मात्रामा फाइबर हुन्छ । जसले मल त्याग गर्नका लागि सहयोग गर्दछ । यसमा पेक्टिन हुन्छ जसले पेटको स्वास्थ्यलाई राम्रो बनाउँछ । स्याउको सेवन सधैं बोक्रासँगै गर्नुपर्दछ ।

सुन्तला

यदि तपाईंलाई कब्जियतको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश गराउनुहोस् । यसमा फाइबर एकदमै धेरै हुन्छ जसले पाचन प्रणालीलाई राम्रो बनाउँछ । सुन्तलामा नारिनजेनिन हुन्छ जसले कब्जियतबाट छुट्कारा दिन्छ ।

नासपती

नासपतीको सेवन गर्नाले पनि पेट सफा हुन्छ । यसमा कैयौं त्यस्ता पोषक तत्वहरु हुन्छन् जसले पाचन प्रणालीलाई सुधार गर्न सहयोग गर्छन् ।

कीवी

कीवीमा भरपूर मात्रामा पानी र फाइबर हुन्छ जसले कब्जियतबाट छुट्कारा दिन्छ । यसमा एक्टिनिडिन नामक एन्जाइम हुन्छ जसले प्रोटिनलाई तोड्न सहयोग गर्छ । साथमा यो पाचन तथा कब्जियतका लागि पनि एकदमै राम्रो मानिन्छ ।

मेवा

मेवा पेटका लागि एकदमै फाइदाजनक हुन्छ । कब्जियतको समस्या हुँदा मेवाको सेवन जरुरी गर्नुपर्दछ । यसमा पेपैन नामक एन्जाइम हुन्छ, जसले पाचन प्रक्रियालाई राम्रो बनाएर कब्जियत भगाउँछ । नियमित रुपमा दैनिक मेवा खाँदा पेटसँग जोडिएको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।