सरसफाईसंग सम्बन्धित जनचेतनामुलक बोर्डहरु टासिए

सरसफाईसंग सम्बन्धित जनचेतनामुलक बोर्डहरु टासिए

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेका टोल समितिको आयोजनामा सरसफाईलाई लक्षित गर्दै विभिन्न ठाउमा शनिवार बोर्ड टासिएका छन् ।

विगत लामो समयदेखि सरसफाईको कार्यमा स्वतस्फुर्त रुपमा टोल समितिले वडा कार्यालयसंग मिलेर सरसफाईसंग सम्बन्धित विभिन्न जनचेतनामुलक बोर्डहरु टासिएका वडा नम्बर ३ को त्रिवेणी टोल समितिका अध्यक्ष सोरुपा गिरीले धनगढी खबरलाई जानकारी दिईन् ।

उनले विगतदेखि सरसफाईका कार्यक्रम गर्दै आएका टोल समितिहरुले मिलेर जनचेतनामुलक बोर्डहरु टासिएको बताएकी छन् ।

उनले भनिन, “हामीले पहिलेदेखि नै मिलेर सरसफाईको काम गर्नै आएका छौ, शनिवार त हामीहरुले वडा नम्बर ३ को कार्यालयसंग मिलेर जनता मार्ग, त्रिवेणी मार्ग, उन्नति मार्ग लगायतका स्थानमा बोर्ड राखेका छौ । ” बोर्डमा “ यहा फोहर फाल्न सक्त मनाही छ । फोहोर फालेको पाइएमा कानुन अनुसार कार्बाही गरीनेछ, ”  भनी लेखिएको छ ।

उन्नती टोल समितिका अध्यक्ष ललिता चन्द र त्रिवेणी टोल समितिका अध्यक्ष सोरुपा गिरीको अध्यक्षतामा शनिवार सरसफाईसंग सम्बन्धित जनचेतनामुलक बोर्ड राखिएका हु्न् । अध्यक्षद्धय गिरी र चन्दको अगुवाईमा समयसमयमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का विभिन्न स्थानमा स्वत : स्फुर्त रुपमा सरसफाई कार्यक्रम सञ्चालन हुदै आएका छन् ।