क्याप्टेन उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक /भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपालको लोकापर्ण

क्याप्टेन उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक /भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपालको लोकापर्ण

क्याप्टेन बेद उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपालको लोकापर्ण शनिवार गरिएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो पुस्तकको लोकार्पण गरेका हुन् । उक्त अवशरमा बोल्दै देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताए ।

उनले सुदूरपश्चिममा पर्यटकीय विकासका लागि धेरै काम हुन नसकेको बताउँदै आगामी दिनमा पर्यटकीय क्षेत्रको थप अध्ययन र पहिचान गरी सुदूरपश्चिममा पर्यटनको विकास गर्नुपर्ने बताए । 
पुर्वप्रधानमन्त्री देउवाले उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा पुर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता रमेश लेखकले पुस्तकले सुदूरपश्चिमभित्र लुकेर बसेका सम्पदालाई बाहिर ल्याउने काम गरेको बताए। यस्तै कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउदले धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा र  इतिहासलाई लेखकले समेट्नुभएको बताए । 

पुस्तकमा सुदूरपश्चिमका सम्भावित क्षेत्रका तस्बिर र व्याख्या समेटिएको छ। कार्यक्रममा पत्रकार कुन्द दीक्षितले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखेका थिए ।  

सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोकरभूस्वर्गका रुपमा परिकल्पना गरिएका दृश्य समावेश गरेर तयार पारिएको पुस्तकमा १२० पाना र ९४ रंगिन तस्बिर छन्। पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा वर्णन गरिएको छ।  

पुस्तक बिक्रीबाट प्राप्त रकम बेद उप्रेती ट्रष्टका माध्यमबाट सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी गराए छन् ।