त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले हङकङसँग खेल्दै

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले हङकङसँग खेल्दै

काठमाडौं । टी-२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले आज घरेलु टिम हङकङविरुद्ध खेल्दैछ।

हङकङमा सुरू हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ। हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।

आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ। यो सिरिजको फाइनल खेल फागुन ३० गते हुनेछ।

यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो।

यसै वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट भएको नेपाल हाल प्रतियोगिता तयारीका लागि टी-२० क्रिकेट शृंखला खेलिरहेको छ।

नेपालले यसअघि घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय टी२० शृंखला खेलेको थियो।