पुजार सार्की मा मैत बहादुर बन्दा यस्तो देखिए प्रदीप

पुजार सार्की मा मैत बहादुर बन्दा यस्तो देखिए प्रदीप

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म पुजार सार्कीु बाट अभिनेता प्रदीप खड्काको लुक्स बाहिरिएको छ। 

आइतबार प्रदीपको जन्मदिनको अवसर पारेर निर्माण टिमले उनको लुक्स सार्वजनिक गरेका हुन्। निर्देशक दिनेश राउतले फिल्ममा प्रदीपको नाम मैत बहादुरु रहेको बताउँदै दुई वटा तस्बिर सार्वजनिक गरेका छन्। सार्वजनिक तस्बिरमा उनी लामो कपाल पालेका, कालो टोपी ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा दमाहाु बजाउँदै गरेको देखिएका छन्। 

निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरूद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको बताएका छन्। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। 

हाल फिल्मको छायांकन कास्कीमा भइरहेको छ। फिल्ममा प्रदीपसँगै आर्यन सिग्देल, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, राजेश बिसुराल, गोविन्द रमण पराजुलीलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मलाई संगीतकार सुवास भुसालले निर्माण गर्दैछन्। एक दर्जन फिल्ममा संगीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन्।