धनगढीमा दादुरा रुवेलाको खोप लगाउन छुट भएकाहरुलाई यही फागुन ३० गते खोप लगाईने

धनगढीमा दादुरा रुवेलाको खोप लगाउन छुट भएकाहरुलाई यही फागुन ३० गते खोप लगाईने

कैलालीको धनगढी उपमहानगरपालिकामा दादुरा रुवेलाको खोप लगाउन छुट भएकाहरुलाई यही फागुन ३० गते खोप लगाईने भएको छ ।

दादुरा रुवेला खोप अभियान २०८०÷८१ अन्र्तगत धनगढी उपमहानगरपालिकामा यही फागुन १३ गतेदेखि २४ गतेसम्म ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेला खोप लगाउने कार्यक्रम अन्र्तगत खोप लगाउन छुटेका बालबालिकाहरुलाई यही फागुन ३० गते थप एक दिन खोप लगाईने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले जारी गरेको सुचनामा यही फागगुन ३० गते प्रत्येक वडाको स्वास्थ्य संस्थामा दादुर रुवेला खोप लगाउने भएकाले सम्पुर्ण अभिभावकहरुलाई आआफ्ना ९ महिना देखि १५ वर्ष सम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोप केन्द्रमा लगी दादुरा रुवेला खोप लगाउन धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्धारा हस्ताक्षरित सुचनामा अनुरोध गरिएको छ । 

सुचना ;