१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जितेको छ ।

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको परिसरमा आज भएको फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गोलले हरायो । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

खेलको ४ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर खेलको ७० मिनेटमा बङ्गलादेशले उपहार गोल पाएपछि खेल १–१ को बराबरीमा पुगेको हो । बङ्गलादेश समूह चरणका ३ वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको थियो । भारत उति नै खेलमा ६ अङ्कका साथ फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी थिए । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।