मिटरब्याज पीडितहरूसँग गृहमन्त्री छलफलमा

मिटरब्याज पीडितहरूसँग गृहमन्त्री छलफलमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न जिल्लाबाट काठमाडौं पुगेर काठमाडौमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूसँग छलफल गरि रहेका छन् । 
सिंहदरबारस्थित गृह मन्त्रालयमा मिटरब्याज पीडितहरूलाई बोलाएर आइतबार सवा ५ बजेदेखि गृहमन्त्री लामिछानेले छलफल गरिरहेका छन् ।
पीडितहरूका समस्या सुन्ने र समाधानका उपायबारे गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूसँग छलफल गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 
छलफलमा गृहमन्त्री लामिछाने, गृहसचिव, गृह मन्त्रालयका उच्च अधिकारी र पीडितका प्रतिनिधि सहभागी छन् ।