एमालेको बैतडी जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

एमालेको बैतडी जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

बैतडी । नेकपा एमालेको जिल्ला अधिवेशन आज सुरु हुँदैछ । पाटनमा आयोजना हुने नवौँ अधिवेशनको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।

अधिवेशनमा सबै वडाबाट ६ सयभन्दा बढी प्रतिनिधि छनोट भएको जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार ७५ सङ्गठित सदस्य बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएको र दलित सङ्गठित सदस्यबाट ४० बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका छन् ।

अध्यक्षका लागि नरेश बिक, हालै नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० छाडेर एमालेमा फर्किएका नरेन्द्र विष्ट र पार्टी उपसचिव लोकेन्द्र भण्डारीको नाम चर्चामा छ ।

आगामी नेतृत्वका लागि नेताहरू आन्तरिक तयारीमा जुटिरहेको र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाइएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ ।