स्वस्थकर भनिएका खानेकुरा पनि हुन सक्छन् हानिकारक

स्वस्थकर भनिएका खानेकुरा पनि हुन सक्छन् हानिकारक

एजेन्सी । आज हामी त्यस्ता केही खानेकुराको बारेमा बताउनेछौं जो तपाईंलाई स्वस्थकर लाग्न सक्छ तर, शरीरका लागि नोक्सानदायक हुन सक्छन् ।

दैनिक जीवनमा हामीले थुप्रै त्यस्ता चीज खाने गर्छौं जो पोषक तत्वले भरपूर हुन्छन् । तर, यस्ता सबै चीज खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । यसले तपाईंलाई केहीबेर ऊर्जावान महसुस गराए पनि दिर्घकालिन रुपमा हानिकारक हुन सक्छ ।

अहिले मानिसहरु छिटो पेट भर्न तथा ऊर्जाका लागि प्याकेटका फलफूल जुस पिउने गर्छन् । यस्ता प्याकेटमा फ्रेस जुस भनेर लेखिएको हुन्छ । तर, यी प्रिजर्वेटिब्सयुक्त हुन्छन् । यसमा धेरै चीनी पनि हुन्छ र फाइबर एकदमै कम हुन्छ ।
त्यस्तै गुलियो दही पनि स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ । यसलाई दैनिक रुपमा सेवन गर्दा तौल बढ्ने तथा शरीरमा अन्य समस्या देखिन थाल्छन् ।

त्यस्तै एप्पल साइडर भेनेगर पनि धेरै सेवन गर्नु हानिकारक हुन सक्छ । धेरैले यसलाई तौल कम गर्न खाने गर्छन् । तर, यसको अत्यधिक सेवनले दाँत दुख्ने र पाचनसँग जोडिएका समस्या हुने गर्छ ।

पीनट बटरलाई पनि स्वस्थकर मानिने गरिन्छ । यसमा प्रोटिन र राम्रो फ्याट धेरै हुन्छ तर कयौं कम्पनीले यसमा हाइड्रो जेनेटिक ओयल, चिनी र नुनको मात्रा धेरै राख्छन् । यो स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ ।

धेरैले नास्तामा कर्नफ्लेक्स खान मन पराउँछन् । तर यसको दैनिक सेवनले तपाईंको स्वास्थ्यमा नोक्सान पुर्‍याउन सक्छ । किनकी बजारमा पाइने अत्यधिक कर्नफ्लेक्समा फाइबर र प्रोटिनको मात्रा एकदमै कम हुन्छ ।