राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ । पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ ।