नागरिक उन्मुक्तिको संस्थापक केन्द्रीय समिति बैठक आज टीकापुरमा

नागरिक उन्मुक्तिको संस्थापक केन्द्रीय समिति बैठक आज टीकापुरमा

धनगढी । नागरिक उन्मुक्तिको संस्थापक केन्द्रीय समिति बैठक आज कैलालीको टीकापुरमा बस्दैछ। 

सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा संस्थापक केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशम चौधरीको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ। 

नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर रेशमको आड पाएका सुदूरपश्चिमका सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन्।

समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन जारी गरेपछि नाउपा फुटको संघारमा पुगेको छ। 

पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ।