विश्वासको मत अघि लिखित सहमति हुनुपर्छ : नेकपा एस

विश्वासको मत अघि लिखित सहमति हुनुपर्छ : नेकपा एस

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा विश्वासको मत अघि लिखित सहमति जनाउनुपर्ने अडान राखेको छ ।

एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा माओवादीले सारेका उम्मेदवारलाई भोट दिनु पहिल्यै प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने माग अघि सारेको हो । 
एकीकृत समाजवादीको सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग लिखित सहमति गर्नुपर्ने माग अघि सारेको प्रमुख सचेतक मेटमणि चौधरीले बताए ।

राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले सहयोग गर्ने उनको भनाइ थियो ।
पार्टीले अघि सारेका मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे राष्ट्रिय सभा अध्यक्ष र विश्वासको मतको पक्षमा भोट हाल्न पार्टीका सांसद बाध्य नरहेको चौधरीको भनाइ थियो ।