जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धन : मन्त्री भण्डारी

जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धन :  मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताएका छन् ।

एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनको सोमबार पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । मन्त्री भण्डारीले भने, ’राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।

देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको धारणा राखे । राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन–८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।