बरिष्ठ सर्जन डाक्टर अन्सारी सम्मानित

बरिष्ठ सर्जन डाक्टर अन्सारी सम्मानित

धनगढी । वरिष्ठ सर्जन डाक्टर मेराज आलम अन्सारी सम्मानित भएका छन् ।

 नेपाल चिकित्सक संघ सुदुरपश्चिमको सचिव समेत रहेका डाक्टर मेराजलाई स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै चैतन्य स्वास्थ्य सेवा सम्मान २०८० बाट सम्मानित गरिएको हो ।

 धनगढीको चैतन्य पाठशालाको बार्षिकोत्सवको अवसरमा लामो समयदेखि सदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दै डाक्टर मेराजलाई सम्मान गरिएको हो ।

 सुदुरपश्चिम प्रदेश सभा सदस्य डाक्टर तारा जोशीले डाक्टर अन्सारीलाई सम्मान गरे । डाक्टर मेराज आलम अन्सारी धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा बरिष्ठ सर्जनको रुपमा कार्यरत रहेका छन् ।

उनी निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाईरेक्टर पनि हुन् ।