सिडलिङ जोन मण्टेश्वरीको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइयो

सिडलिङ जोन मण्टेश्वरीको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइयो

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ राताेपुलस्थित सिडलिङ जाेन मण्टेश्वरीले ११ औं वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।

 रिद्धसिद्धि पार्टी प्यालेसमा साँस्कृतिक कार्यक्रमसहित स्कुलले वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे हाे । स्कुलका अध्यक्ष हरि रेग्मीकाे अध्यक्षतामा भएकाे समाराेहकाे सरस्वति भग्वानकाे तस्विरमा मर्ल्यापर्ण गर्दै पुजा गरेर समुद्घाटन गरिएकाे थियाे ।

 कैलाली प्यावसन अध्यक्ष टाेपेन्द्र शाह, समाजसेवी डिल्लीराज जाेशी, मालिका स्कुलका प्रिन्सिपल सिपी चन्द, मयुरका सञ्चालक पदम सावद लगायतकाे सहभागिता रहेकाे थियाे ।

 स्कुलकी प्रिन्सिपल शारदा शर्मा रेग्मीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन भवानी रेग्मीले गरे । वार्षिकाेत्सवकाे अवसरमा शैक्षिक सत्रमा उत्कृष्ट विधार्थि, प्रतियाेगितामा विजयी विधार्थिलाइ पुरस्कृत गर्नुका साथै नाटकमार्फत वर्तमान अवस्थाकाे चित्रण गर्नुका साथै कला, नृत्यहरू प्रस्तुत गरे ।