धनगढीमा अनुपमा कर्पाेरेट क्रिकेट भेट्रान कप हुने

धनगढीमा अनुपमा कर्पाेरेट क्रिकेट भेट्रान कप हुने

कैलालीकाे धनगढीमा अनुपमा कर्पाेरेट क्रिकेट भेट्रान कप हुने भएकाे छ ।

अनुपमा केक एण्ड बेकरीकाे आयाेजनामा चैत ३ गतेदेखि कप हुने साेमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएकाे हाे । वेकरीका सञ्चालक दिनेश पन्तले प्रस्तावित बसपार्क प्राङ्गणमा प्रतियाेगिता गरिने जानकारी दिए ।

साे कप चैत ११ गते सम्म सञ्चालन हुने उनकाे भनाइ छ । साेमबारनै प्रतियाेगिताकाे टाइसिट पनि सार्वजनिक गरिएकाे छ । प्रतियाेगितामा ८ टिमकाे सहभागिता रहने उनले बताए ।

प्रतियाेगितामा प्रथम ५० हजार र दाेस्राेलाइ २५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ भने उत्कृष्ट बलर, रनरअपलाइ १० हजार र म्यान अफ द म्याच पाँच हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

प्रतियाेगिता अवधिभर ५ लाख अनुमानित खर्च हुने जनाइएकाे छ । उनका अनुसार कैलाली, कञ्चनपुरका टीम सहभागी हुनेछन् ।