सलमान खानले स्टन्ट गर्दा खाएका थिए बुवाको थप्पड

सलमान खानले स्टन्ट गर्दा खाएका थिए बुवाको थप्पड

एजेन्सी । बलिउडका भाईजान सलमान खान भनेर चिनिन्छन् । फिल्म उद्योगमा उनको अहिले पनि एकदमै दबदबा छ । तर आफ्नो घरमा भने उनी एउटा सामान्य मानिस जस्तै हुन् जसलाई बुवाले अहिले पनि गल्ती गर्दा गाली गर्ने गर्छन् ।

हालै सलमानका भाई अरबाज खान र सोहेल खानले एक अन्तरवार्तामा खुलासा गरेका छन् कि उनीहरुका दाई सलमान बाल्यकालमा एकदमै चुलबुले तथा चकचके भएको बताएका छन् । यही कारणले पनि उनका बुवा सलीम खान एकदमै चिन्तित रहन्थे ।

एक पोडकास्टमा कुरा गर्दै अरबाजले भने, “सलमान सबसे बडे थे । उनी एकदमै चकचके थिए । उनलाई सधै बुवाले गाली गर्नुहुन्थ्यो । सानोतिनो पिटाई पनि खाने गर्थे । अरबाजले एउटा घटना सुनाउँदै भने, “बुवाले सलमानलाई सर्कसमा विभिन्न कला देखाउन लग्नुभएको थियो ।

जब उहाँहरु फर्कदै हुनुहुन्थ्यो, सलमानले रड भएको भवन देखे । लुकेर त्यहाँ गएर स्टन्ट गर्न थाले । जहाँ उनी लडे र हात भाँचियो । पछि हामीलाई हात देखाउँदै हेर यो के भयो भन्दै थिए ।”

अरबाजले सोही घटनालाई सम्झँदै अगाडि भने, “सलमानलाई लागिरहेको थियो भाँचिएको हात देखाएर सान्त्वना वा प्रेम पाइनेछ । तर उसलाई दुई झापड मिल्यो । बुवा एकदमै रिसाउनुभयो र उनलाई भन्नुभयो यसको के आवश्यकता थियो । यसलाई डाक्टर कहाँ लगिहाल ।”

अरबाजका अनुसार सलमान खानको फोकस एकदमै राम्रो थियो । उनले जे ठान्थे त्यो गरेरै छाड्थे । स्केटिंग, साइकलिंग, जिमनास्टिक्स र क्रिकेट सबै उनलाई आउँथ्यो । तर घरपरिवारलाई उनको एकदमै चिन्ता थियो ।

भाई सोहेल खानका अनुसार सलमानलाई असम्भव भन्ने केही पनि लाग्दैनथ्यो जसले गर्दा उनको चिन्ता बुवालाई सधै हुने गर्थ्यो ।