कर्णाली पुलमा आगलागी : परीक्षण गर्न टोली कर्णाली पुग्दै (अपडेट)

कर्णाली पुलमा आगलागी : परीक्षण गर्न टोली कर्णाली पुग्दै (अपडेट)

कर्णाली पुलमा अवरुद्ध भएको सवारीसाधन आवागमन परीक्षण गरेर सञ्चालन गरीने भएको छ । आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ ।

प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । परिक्षणका लागि टोली कर्णाली पुल पुगि रहेको सडक विभाग, सडक डिभिजन, नेपालगञ्जका डिभिजन प्रमुख सि.डि.ई. निरज शाक्यले धनगढी खबरलाई जानकारी दिए । धनगढी खबरसंगै कुरा गर्दै उनले आज साझसम्म वा भोलि बिहानसम्म आवागमन सुचारु हुन सक्ने बताए ।
कर्णाली पुलमा आवतजावत बन्द रहेका विषयमा सडक विभाग, सडक डिभिजन, नेपालगञ्जका डिभिजन प्रमुख सि.डि.ई. निरज शाक्यसंग गरिएको कुराकानी सुनौँ,