सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति

सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति

सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ ।

नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको हो । यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो । त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन ।

तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।

८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने समावेश थियो । त्यो विषय पनि नयाँ सहमतिपत्रमा उल्लेख छैन ।
यस्तो छ सहमति पत्र हेर्नुस ;