जनमतले वर्तमान सरकारलाई समर्थन नगर्ने

जनमतले वर्तमान सरकारलाई समर्थन नगर्ने

जनमत पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने भएको छ ।

पार्टीको गत बुधबार बसेको बैठकको निर्णयबारे मंगलबार प्रवक्ताले विज्ञप्ति मार्फत् जानकारी गराएका हुन् । 

नयाँ गठबन्धन बनेको सम्बन्धमा तत्कालै सो गठबन्धमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने’ पार्टीको विज्ञप्तिमा छ । जनमतले ईलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) मा उम्मेदवार उठाउने जनाएको छ । 
जनमतले सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन ऊपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको विज्ञप्तिमा छ ।