जसपा नेपालले दाहाल नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने

जसपा नेपालले दाहाल नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा जसपा संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीपसमेत जारी गरेको छ । 
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री दाहालले संविधानको धारा १०० ९२० अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।