प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन्। सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन्। समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा प्रधानमन्त्री निरन्तर रहेका प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ। प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ।

प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ।

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य छन्। केही साना दल र स्वतन्त्र सांसद विश्वासको मतको पक्षमा भए पनि निर्णय गरिसकेका छैनन्। गठबन्धनबाट प्रधानमन्त्रीलाई १५० मतसम्म प्राप्त हुने सम्भावना छ।

गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्रीको पक्षमा मत दिन सांसदहरूलाई निर्देश गरिसकेका छन्।