कर्णाली नदीमा जीप खस्दा उपाध्यक्ष सहित १५ बेपत्ता

कर्णाली नदीमा जीप खस्दा उपाध्यक्ष सहित १५ बेपत्ता

हुम्लाको कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। । खार्पुनाथ गाउँपालिका–५ बालुकुना स्थित कर्णाली नदीमा यात्रु बहाक जीप दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा उक्त गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दा बढी सवार थिए ।

निमित्त प्रजिअ पोखरेलका अनुसार खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम आउदैै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुखको बालु कुना नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताए । नदीमा खसेको जीपको खोजी कार्य भइरहेको छ ।

उद्दारका लागि सदरमुकाम सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको उहाँले बताए । घटनाको विवरण आउन बाँकी रहेको छ । नदिमा खसेका सवैको ज्यान गएको बताइएको छ । भने जिप समेत नभेटिएको बताइएको छ ।