सम्पादक जोशी बहुआयामिक युवा उत्प्रेरक सम्मान बाट सम्मानित

सम्पादक जोशी बहुआयामिक युवा उत्प्रेरक सम्मान बाट सम्मानित

धनगढी । चैतन्य पाठशालाले धनगढी खबरका सम्पादक हरि जोशी लाई सम्मान गरेको छ ।  नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका सचिव तथा धनगढी एफएमका कार्यकारी  निर्देशक समेत रहेका हरी जोशीलाई लाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो ।

चैतन्य पाठशालाले सोमवार आयोजित २३ औं वार्षिकोत्सव समारोहमा पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा.नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित रेडियो हरुको व्यवसायीक छाता सस्था ब्रोडकाष्ट्रीङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रिय कोषाध्यक्ष समेत रहेका पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरे ।

चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले पत्रकारिता तथा बिभिन्न सामाजिक संस्था मार्फत युवाहरुलाई उत्प्रेरित गरे वाफत पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरिएको बताए । जोशी धनगढी जेसिजका महासचिव समेत रहेका छन । 

चैतन्य पाठशालाले वार्षिकोत्सव समारोहमा पत्रकार जोशी सहित समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो ।