शरीर सुन्निएको अवस्थामा के खानु हुँदैन ?

शरीर सुन्निएको अवस्थामा के खानु हुँदैन ?

एजेन्सी । कतिपय मानिसलाई शरीर दुख्ने तथा सुन्निने समस्या भइरहेको हुन्छ । यस्तो नियमित भएमा विभिन्न रोगको कारण पनि बन्न सक्छ ।

विशेषज्ञका अनुसार शरीरलाई सही पोषण दिएर नै शरीर सुन्निएको कम गर्न सकिन्छ । केही खाद्य पदार्थ यस्ता पनि हुन्छन्, जसको सेवनले सुन्निएको समस्या बढ्न सक्छ ।

शरीर सुन्निएको अवस्थामा कस्तो खाना खानु हुँदैन भन्नेबारे जानौं ।

उच्च सोडियम

आवश्यकताभन्दा धेरै सोडियमको सेवनले पनि शरीर सुन्निने गर्छ । त्यसैले सोडियम अर्थात नुन धेरै भएका खानेकुराबाट बच्नुपर्छ ।

प्रशोधित मासु

प्रशोधित तथा रातो मासुमा अत्यधिक मात्रामा स्याचुरेटेड फ्याट हुन्छ । यसको सेवन गर्नाले शरीर सुन्निएको झनै बढ्न सक्छ । त्यसैले सुन्निएको अवस्थामा यस्तो खानेकुरा खानु हुँदैन ।

प्रशोधित अनाज

शरीर सुन्निएको बेला सेतो ब्रेड, मैदा, सेतो चामल लगायत प्रशोधित अनाज नखानु राम्रो हुन्छ । यी स्वास्थ्यका लागि नोक्सानदायक हुन्छन्, त्यसैले सुन्निएको अवस्थामा यस्तो चीज सेवन गर्दा समस्या अझै जटिल बन्न सक्छ ।

रक्सी

रक्सी स्वास्थ्यका लागि त्यसै पनि नोक्सानदायक नै हुन्छ । त्यसमा शरीर सुन्निएको अवस्थामा यसको सेवन गरेमा समस्या झनै बढाउँछ ।

चिनी

चिनीले साइटोकिन्स बढ्छ, जसले सुन्निएको बढ्छ । यस्तोमा उच्च सुगर तथा कार्बोहाइड्रेट भएका खाना जस्तै पेस्ट्री, बिस्कुट, मिठाई खानबाट बच्नुहोस् ।

ट्रान्स फ्याट

ट्रान्स फ्याट स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले शरीरमा कोलेस्ट्रोल बढाउँछ । त्यसैले शरीर सुन्निने समस्या भइरहेको छ भने तारेको, भुटेको खानेकुरा पनि खानु हुँदैन ।