कञ्चनपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

कञ्चनपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

धनगढी ।  भरुवा बन्दुकसहित कञ्चनपुरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ वेलकुण्डीबाट बन्दुकसहित ४४ वर्षीय मोहन राना पक्राउ परेका हुन्।

इलाका प्रहरी, झलारीको टोलीले रानालाई बिहिवार साँझ घरबाटै पक्राउ गरेको जनाएको छ । रानाको घरमा प्रहरीले तलासी गरेको थियो। घरमा लुकाएको बन्दुकसहित रानालाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।