सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ४०० रूपैयाँ घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।