रक्तचाप कम भएका व्यक्तिले नखानुहोस् यी पाँच चीज

रक्तचाप कम भएका व्यक्तिले नखानुहोस् यी पाँच चीज

एजेन्सी । रक्तचाप कम हुँदा पनि शरीरमा विभिन्न प्रकारका समस्या हुन थाल्छन् । यस्तोमा रक्तचाप कम भएका व्यक्तिले पनि खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यस्तो स्थितिमा के खानु हुँदैन भनेर जान्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई सहयोग गर्नेछौं । रक्तचाप कम भएको अवस्थामा ती चीज जसलाई खाँदा समस्या अझै बढ्न सक्छ । त्यसैले यी खानेकुराबाट टाढा रहनुहोस् ।

उच्च कार्ब

रक्तचाप कम भएको अवस्थामा उच्च कार्ब भएको खानाबाट पनि बच्नुपर्छ । किनकि उच्च कार्ब भएको खाना पचाउन एकदमै समस्या हुन्छ जसले गर्दा तपाईंको रक्तचाप झनै कम हुन सक्छ ।

दुध

दुधको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर यसको अत्यधिक सेवनले रक्तचापको समस्यालाई बढाइदिन सक्छ । दुधमा धेरै क्याल्सियम हुन्छ जसले रक्तचापलाई अझै कम गराउन सक्छ ।

रक्सी

रक्सी पिउनु स्वास्थ्यका लागि नोक्सानदायक नै हुन्छ । विशेषगरी रक्तचाप कम भएका व्यक्तिले रक्सी पिउनबाट जोगिनु पर्छ । यसले रक्तचापलाई ट्रिगर गर्न सक्छ ।

खानपानमा सावधान

रक्तचाप कम भएका व्यक्तिले प्रोटिन तथा भिटामिन बी १२ ले भरपूर खाना खानुपर्दछ । शरीरमा यी तत्त्वको कमी हुँदा पनि रक्तचाप कम हुन सक्छ ।