१५ गोलिया सालको काठसहित एक जना पक्राउ

१५ गोलिया सालको काठसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ जाँईबाट १५ गोलिया सालको काठसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार जाँई शिविरमा बस्ने जितेश रानालाई राँगा गाडामा काठ ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार बरामद गरिएको करिब २१ क्युविक फिट काठसहित पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालयलाई बुझाइएको छ ।