सधैँ खुशी हुन अपनाउनुहोस् यी बानी

सधैँ खुशी हुन अपनाउनुहोस् यी बानी

एजेन्सी । जीवनमा कतिपय त्यस्ता समय पनि आउँछन् जहाँ हामी एकदमै उदास महसुस गर्छौं । कहिलेकाँही घरको नराम्रो अवस्था, कमजोर आर्थिक अवस्था आदिले हामीलाई नकारात्मकतातिर लैजाने गर्छ । यसका लागि व्यक्तित्वमा परिवर्तन तथा केही बानी अपनाउँदा फाइदा हुन सक्छ ।

यसले जीवन जिउन सजिलो हुन्छ र नयाँ बाटो पनि खुल्दै जान्छ । त्यसैले त्यस्ता केही बानीका बारेमा जानौं जसलाई अपनाएर तपाईं सधैं खुशी रहन सक्नुहुन्छ ।

बेवास्ता नगर्ने

अहिलेको जीवनशैली नै यस्तो छ कि मानिस खुशी हुन बिर्सन्छन् । काममा आफूलाई यति व्यस्त राख्छन् कि जीवनका साना-साना चीज बेवास्ता गर्छन् । सानो सानो कुरामा पनि खुशी खोज्ने तथा त्यसलाई बेवास्ता नगर्ने बानी बसालौं ।

काम नटाल्ने

आजको काम भोली र भोलीलाई पर्सि भनेर सार्ने काम गर्नु हुँदैन । यो राम्रो बानी होइन । यसले जीवनमा धेरै निरासता पनि आउन सक्छ । त्यसैले समयमै काम पूरा गर्ने कोसिस गर्नुहोस् ।

सकारात्मक सोंच

जीवनमा खुशी रहनका लागि आफूलाई सधैं सकारात्मक राख्ने बानी नै जीवनमा खुशी हुने मुख्य साँचो हो । यसले जीवनमा कहिल्यै पनि निरास भइदैन । बरु जीवन जिउने नयाँ आशा तथा बाटोहरु खुल्ने गर्छ ।

माफ गर्न सिक्ने

यदि जीवनमा अरुको गल्तीलाई माफ गर्न सिक्नुभयो भने यसले जीवनमा तपाईंलाई धेरै अगाडि लैजान्छ । यो कलालाई जीवनमा जरुर आफ्नो बानी बनाउनुहोस् ।

नयाँ कुरा सिकिरहने

खुशी रहन सधैं केही नयाँ कुरा सिकिरहन सक्नुहुन्छ । सिक्नका लागि कुनै पनि उमेर वा समय गलत हुँदैन । तपाईं जतिबेला जे कुरा पनि सिक्न सक्नुहुन्छ । यसले तपाईंलाई जीवनमा उत्साहित बनाइरहन्छ ।

आफ्नो लागि समय

सधै खुशी रहन आफ्नो लागि पनि समय निकाल्न जरुरी हुन्छ । यसले तपाईं मनपर्ने काम गर्न सक्नुहुन्छ जसले तपाईंलाई खुशी दिन्छ ।