डढेलो बस्तीमा सल्किँदा ६ वटा घर जलेर नष्ट

डढेलो बस्तीमा सल्किँदा ६ वटा घर जलेर नष्ट

भोजपुर । जङ्गलमा लागेको डढेलो बस्तीमा सल्किँदा भोजपुरमा ६ वटा घर जलेर नष्ट भएका छन् । 

भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको मालबाँसेमा आगलागी भएको हो ।

शनिबार दिउँसो जंगलबाट सुरु भएको डढेलो हावाहुरीका कारण बस्तीमा सल्किँदा  ६ घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि नेपाली सेना र प्रहरीसहित स्थानीय बासिन्दाहरू जुटेका छन् ।