नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा लामिछाने

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा लामिछाने

धनगढी । नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा सन्तोष लामिछाने निर्वाचित भएका छन् । 

कैलालीको गोदावरीमा शनिवार भएको महासंघ प्रदेशको चौथो प्रदेश सभा र दोस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध रूपमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

निर्वाचन अधिकृत अधिवक्ता वीरबहादुर जेठाराका अनुसार महासंघको प्रदेश उपाध्यक्षमा अर्जुन सुनार गहतराज र दिवशजंग स्नेही निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा शकुन्तला सोप, सहसचिवमा दिनेश सोप, कोषाध्यक्षमा र सह कोषाध्यक्षमा दीप पौडेल निर्वाचित भएका छन् । सदस्यहरूमा सुरेश सुनार, टीकाराम विश्वकर्मा, पदम दयाल र चाँदनी कुमारी ठाकुर निर्वाचित भएका छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष लामिछानेले आफू निर्वाचित भएपछि सबैलाई धन्यवाद दिएका छन् । उनले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

अधिवेशनको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन् । शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन्।

अग्रजले परम्परागत रूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिए।